Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोबिन्दाकी श्रीमती सुनिताले भनिन्, ‘विवाद मिल्दैन र कृष्णाको अनुहार जीवनभरी हेर्न चाहन्नँ’

बलिउड अभिनेता गोबिन्दाकी श्रीमती सुनिता अहुजाले भाञ्जा कृष्णा अभिषेकको अनुहार जीवनभर हेर्न नचाहेको बताएकी छिन् ।

द कपिल र्शा शोमा सुनिता र गोबिन्दा पाहुनाको रुपमा आउन लागेपछि कृष्णाले उक्त कार्यक्रममा प्रस्तुती नदिने बताएका थिए । सुनिताले त्यहि विषयलाई लिएर आफ्नो रोष व्यक्त गरेकी छिन् ।

कृष्णाको निर्णयमा आफूहरु असाध्यै दुःखी भएको बताउँदै सुनिताले उनीहरुबीचको विवाद कहिल्यै नसुल्झिने स्पष्ट पारेकी छिन् । उनले रिसाउँदै भनिन्, ‘म उसको अनुहार जीवनभर हेर्न चाहन्नँ ।’

एक भारतीय सञ्चारमाध्यमसँगको कुरामा सुनिताले तीनवर्ष अघिको घटना स्मरण गर्दै भनिन्, ‘यो त कहिल्यै हुनै सक्दैन । तीन वर्ष अघि पनि मैले भनेकी थिएँ कि म हुँदासम्म यो विवाद सुल्झिने छैन । परिवारको नाममा तपाईंले कसैमाथि दुर्व्यवहार र होच्याउने काम त गर्नुभएन नि । हामीले उनीहरुलाई हुर्काएका हौं, उनीहरुको आशामा बाँचेका पनि छैनौं । म अहिलेका लागि यत्ति मात्रै भन्न सक्छु कि यो विवाद कहिल्यै सुल्झिने छैन र जीवनभरी उसको अनुहार हेर्न चाहन्नँ ।’

गोबिन्दा र सुनिता अहुजा द कपिल शर्माको आउँदा संस्करणमा देखिनेछन् । कृष्णा र गोबिन्दाको सम्बन्ध निकै लामो समयदेखि तनावपूर्ण छ ।एजेन्सी

 

 

 

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्