Logo
१२ बैशाख २०८१, बुधबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडाध्यक्षले नै गरे काठमाडौं महानगरपालिकाको कार्यालयमा तोडफोड !

काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षद्वारा तोडफोड भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो ।उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए ।

वडाध्यक्ष डंगोलले आफूले महानगरको कार्यालयमा तोडफोड गरेको स्वीकारे ।  महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञावालीलाई सोध्दा आफूलाई थाहा नभएको बताएको र प्रशासन विभागका कर्मचारीले भने माथिको आदेशअनुसार सरुवा गरिएको भनेर पन्छिएकाले आफू आक्रोशित हुन पुगेको उनले तबाए ।

वडाध्यक्ष डंगोलले भने महानगरपालिकाले कर्मचारी सरुवामा मनलाग्दी गरेकाले वडाको सेवा प्रवाह लथालिंग हुने अवस्था आएको बताएका छन् ।

त्यसकैविरुद्ध आफूले आवाज उठाएको उनको प्रष्टीकरण छ ।  काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञावालीले महानगरलाई आफ्नै घर जसरी चलाएको डंगोलको आरोप छ ।

मेयर विद्यासुन्दर शाक्यले घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिएका छन् । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउने मेयर शाक्यको तयारी छ ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्