Logo
१५ चैत्र २०८०, बिहीबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तराई मधेशमा चौरचन पर्व मनाइँदै

तराई मधेशमा आज चौरचन पर्व मनाइँदै छ । आज तराई मधेशको महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचनं) पनि मनाउने गर्छन् । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने सो पर्वलाई तराई मधेशमा निकै आस्थाको रुपमा लिइन्छ ।

तराई मधेसमा कृष्ण जन्मअष्टमीको १२ दिनपछि चौरचन पर्व मनाइन्छ ।भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ ।

केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ ।
चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको ब्रतालुहरु बताउँछन् ।

चौरचनका दिन ब्रतालुहरुले निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई विभिन्न प्रकारका फलफू तथा खीर र पुरी अर्पण गर्ने गर्छन् । चन्द्रमाको पुजा हुने भएकाले यो पर्वमा घरको आँगन र छतमा पुजा हुन्छ ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्