Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फतिमासँग प्रचण्डले भने : ‘अहिले नै एमसीसी पास गर्ने अवस्था छैन्’

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सामुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

एमसीसीबारे छलफल गर्न चार दिने भ्रमणमा नेपाल आएकी फतिमाले आज दोस्रो दिन अध्यक्ष दाहाललाइ भेट गरेकी हुन् ।फतिमा प्रचण्डलाई आज बिहान खुमलटार पुगेको थियो ।

उनीहरुबीच एमसीसीकाबारेमा छलफल भएको थियो । संवादपछि अध्यक्ष दाहालले अहिले नै एमसीसी पास गर्ने अवस्था नरहेको वताएका छन् ।

एमसीसीबारे अझै प्रश्न उठेकाले यसको भ्रम निवारण नगरेर पास गर्न कठिन हुने उनले प्रतिक्रिया दिएका छन् । त्यस्तै प्रचण्डले विवादको बेलामा एकल ढंगबाट एमसीसी अघि बढाउन नसकिने र राष्ट्रिय सहमति खोज्नु पर्ने धारणा राखेका छन् ।

भेटवार्ताका क्रममा फतिमाले एमसीसीको पक्ष र फाइदाबारे जानकारी दिएकी थिइन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जर्नादन शर्मालाई भेट्ने कार्यक्रम रहेको जानकरी छ ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्