Logo
६ बैशाख २०८१, बिहीबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई भेट्न एमसिसी उपाध्यक्ष सुमार पुगिन् खुमलटारमा

एमसिसी उपाध्यक्ष फातिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेकी छिन् ।

एमसिसी पारित हुने वातावरण बनाउन प्रचण्डसँग भेटेर आग्रह गर्नुका साथै एमसीसीबारे विश्वस्त गराउन केही बेर अघि उनी खुमलटारस्थित निवास पुगेको जानकारी प्राप्त भएको छ ।

बिहीबार नेपाल आएकी उनले सुरुमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेकी थिइन् । हिजै उनले नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आज उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दै छिन् ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्