Logo
६ बैशाख २०८१, बिहीबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीभीएसले अपाचे आरटीआर १६५ आरपी बजारमा ल्याउदै

टीभीएस मोटर्स कम्पनीले अपाचे सिरिजमा नयाँ बाइक टीभीएस अपाचे आरटीआर १६५ आरपी बजारमा ल्याउने भएको छ । अनुमानित रिपोर्ट अनुसार सो बाइक आउँदो हप्ता भारतमा सार्वजनिक गरिने छ ।

आरपीको अर्थ रेस पर्फमेन्स हो । हाल उपलब्ध बाइक अपाचे आरटीआर १६० फोरभीमा केही कस्मेटिक परिवर्तन र स्पोर्टी लुकको साथमा यसलाई प्रस्तुत गरिने छ ।

कम्पनीले केही दिन पहिले अपाचे आरटीआर १६५ आरपी नेमप्लेट नामले ट्रेडमार्क गराएको थियो ।टीभीएस अपाचे आरटीआर १६५ आरपी एर्गोनामिक डिजाइन र लोअर ह्यान्डलबारको साथमा उपलब्ध हुनेछ ।

यसको फुटपेगलाई पनि अगाडि झुकाइएको हुनेछ । सो बाइकमा ड्रम ब्रेक र डिस्क ब्रेक दुबैको विकल्प रहेको छ । साथै एबीएस पनि हुनेछ ।

बाइकमा १५९.७ सीसीको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन समावेश गर्नेछ । जसमा फ्युल इन्जेक्सन टेक्नोलोजी जडान गरिएको छ । सो बाइकले १७.६३ बीएचपीको पावर र १४।७३ एनएमको टर्क जेनेरेटर गर्छ ।

टीभीएसी मोटर कम्पनीले रेसिङ स्पोर्टस् बाइक प्रेमीका लागि टीभीएस अपाचे आरआर ३१० बाइक लन्च गरेको थियो । सो बाइकमा शानदार लुक र पावरफुल फिचर समावेश गरिएको छ ।

टीभीएसले पछिल्लो समयमा आरटीएफआई अर्थात रेस ट्युन्ड एफआई प्रविधिका बाइक बजारमा ल्याउने कार्यलाई तीव्रता दिएको छ । अपाचे आरटीआर १६५ आरपी यसैको निरन्तरता हुनेछ ।नेपाल अटो

 

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्