Logo
८ बैशाख २०८१, शनिबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँका मुखियालाई गधा चढाएर आर्यघाट पठाएपछि…!

छिमेकी देश भारतको मध्य प्रदेशको रतलाम जिल्लामा पानी नपरेपछि गाउँलेहरु चिन्तित छन् ।

यहीबीच नामली गाउँका स्थानीयहरुले एउटा अनौठो हर्कत गरेका छन् । उनीहरूले इन्द्र देवलाई मनाउनका लागि गाउँका मुखियालाई गधामा चढाएर आर्यघाट घुमाएका छन् ।

यहाँको परम्पराअनुसार पानी नपर्दा देवी–देवताहरूलाई खुसी पार्नका लागि गाउँका मुखियाले आर्यघाटसम्म गधामा सवारी गर्छन् । त्यसपछि देवी–देवताहरूको पूजा गर्दा राम्रोसँग वर्षा हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

यही मान्यताअनुसार यहाँ गाउँका मुखिया आत्माराम पटेललाई गधामा चढाइएको हो । बाजा–गाजासहित उनको सवारी अघि बढाइएको थियो ।

पुरानो जमानामा पानी नपर्दा गाउँका राजा वा पटेल गधामा बसेर मुक्तिधाम जाने गर्दथे । अहिले गाउँका सरपञ्च वा पटेल नै गाउँका मुखिया हुन्छन् ।

मनसुन सुरु भएदेखि नै यहाँ बादल लाग्ने क्रम जारी छ । तर, पानी मज्जाले परेको छैन । त्यही कारण भटमास खेतीमा क्षति पुग्नसक्ने कृषकहरूको चिन्ता छ । पछिल्ला १५ दिनदेखि राम्रोसँग पानी परेको छैन ।एजेन्सी

 

 

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्