Logo
१५ चैत्र २०८०, बिहीबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता अक्षय कुमारकी आमाको निधन

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको आज निधन भएको छ । अरुणाको ७७ वर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

अक्षय आफैले सामाजिक सञ्जालमा जानकारी दिदै आमाको निधनले अत्यन्तै पिडा महसुस भइरहेको बताएका छन् । अरुणाको निधनमा बलिउडका कलाकारहरुले श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।

अरुणा भाटियाको केही दिनदेखि मुम्बईको हीरानन्दानी अस्पतालको आईसीयुमा उपचार भैरहेको थियो । आमाको अवस्था गम्भिर भएपछि लन्डनमा सुटिङको लागि पुगेका अक्षय कुमार मुम्बई फर्किएका हुन् ।

उनले आमाको स्वास्थ्यमा समस्या आएपछि सँगै बस्ने निर्णय गरेका थिए । उनी लन्डनमा फिल्म ‘सिंडरेला’ को शुटिगको लागि पुगेका हुन् । फिल्मको सुटिङ भने उनी बिना पनि नरोकिने भएको छ ।

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् ।

आमाको नाममा अक्षय कुमारको पोस्ट :

अक्षय कुमारले आफ्नो पोस्टमा लेखे, ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने म र मेरो परिवार निकै विचलित पारिदिने स्थितिबाट गुज्रिरहेका छौं । ओम शान्ति ।’

अक्षय कुमारको यो पोस्ट देखेपछि सबैले उनकी आमालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । प्रशंसक र बलिउड सेलिब्रिटीले कमेन्टमा अक्षय कुमारलाई सान्त्वना दिएका छन् ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्