Logo
१५ चैत्र २०८०, बिहीबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना

आज देशका केही ठाउँमा पानी ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज देशका चारवटा प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

काठमाडौंमा आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्