Logo
१३ बैशाख २०८१, बिहीबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेक्सिकाे एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु

मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो ।

अन्य ४० जना बिरामीको भने उद्धार गरिएको छ । मृत्यु हुनेमा केही कोभिडका बिरामीहरु पनि रहेका छन् । यसैबीच मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले देशमा अविरल बर्षा जारी रहेकाले सबैलाई सुरक्षित रहन अपील गरेका छन् ।

मेक्सिकोमा बर्षाका कारण ३० हजार मानिस प्रभावित भएका छन भने बाढीमा मेक्सिकोको उपनगरमा दुुइ जनाको मृत्यु भएको छ । बाढीका कारण सयौंलाई सुरक्षित स्थान तर्फ सारिएको छ ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्