Logo
८ बैशाख २०८१, शनिबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेज्मेन्ट, असोज २२ गते विवाह

फिल्म निर्देशक सुदर्शन थापाले आज इन्गेज्मेन्ट गरेका छन् । काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो ।

सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औँठी साटेका हुन् । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो जन्मदिनको अवसर पारेर इन्गेज्मेन्ट गरेका हुन् ।

लभ स्टोरी फिल्म निर्देशनमा माहिर मानिएका थापाले, ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा डेब्यु गरेका हुन् । त्यसपछि उनले ‘मधुमास, ‘प्रेमगीत’ ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत थुप्रै हिट फिल्मका निर्देशक गरेका छन् ।

सुप्रियाले पनि म्युजिक भिडियो अभिनयपछि टेलिभिजनमा काम गर्न थालेकी हुन् ।सुदर्शनले आउँदो असोज २२ गते हिन्दू परम्परा अनुसार विवाह गर्ने बताइएको छ । सुदर्शन र सुप्रिया विगत एक बर्ष प्रेममा रहेका थिए ।

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्