Logo
७ बैशाख २०८१, शुक्रबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पतिले टुप्पी नकाटेको भन्दै पत्नीले सम्बन्धविच्छेद मागेपछि…!

हाम्रो समाजमा धेरै प्रकारका अनौठा घटना घट्ने गर्छन् । कति घटना हामीलाई विश्वासै लाग्दैन । त्यस्तै घटना भारतमा घटेको छ । भारतमा एक महिलाले आफ्ना पतिले टुप्पी पालेको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्।

उनले टुप्पी पाल्ने आफ्ना पति गँवार देखिएको भन्दै यस्तो आवेदन दिएकी हुन्। टुप्पी पालेका ती व्यक्ति इन्जिनियर हुन् भने टुप्पीका कारण अलग्गिन खोज्ने पत्नी एमबिए पास युवती हुन्।

यी दुईको विवाह तीन वर्ष पहिले भएको थियो। दुई वर्षअगाडि ती युवाको आमा र बुबाको मृत्यु भएको थियो। सडक दुर्घटनामा परि आमाबुबाको मृत्यु भएपछि ती व्यक्तिले टुप्पी पाल्ने संकल्प लिएका थिए।

तर, टुप्पी पालेपछि आफ्ना श्रीमानलाई सबैले पन्डितजी भन्न थालेको र त्यही कारणले आफू लज्जित हुन परेको ती युवतीले बताएकी छिन्।

अब सम्बन्धविच्छेदका लागि आवेदन दिएपछि त युवाले पनि आफूले टुप्पी काट्दै नकाट्ने बताएका छन्। यही कारण पत्नी ६ महिनादेखि माइती गएको पनि ती युवाले बताएका छन्।

आफूले धार्मिक मान्यताअनुसार टुप्पी पालेकाले यसबारे कुनै पनि विकल्प वा सर्त आफूलाई मान्य नहुने ती युवाले बताएका छन्।

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्