Logo
६ बैशाख २०८१, बिहीबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमिताभ बच्चन र परिणीतिको ‘उचाही’ फिल्मको सुटिङ काठमाडौंमा हुने

भारतीय अभिनेता अमिताभ बच्चन र अभिनेत्री परिणीति चोपडाको मुख्य भूमिका रहने फिल्म ‘उचाही’ को छायाँकन नेपालमा हुने भएको छ ।

सुरज बडजात्याको निर्देशन रहने फिल्ममा अमिताभको अपोजित भूमिकामा परिणीति हालै भित्रिएकी हुन् । फिल्मको कथा निर्देशक सुरज आफैले लेखेका हुन् ।

फिल्मको सुटिङ नेपालको बिभिन्न लोकेशनमा हुने बताइएको छ । राजश्री प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ ५ अक्टुबरदेखि काठमाडौं उपत्यकाबाट सुरु हुने बलिउड मिडियाले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

फिल्मको अहिले प्रि प्रोडक्सन कार्य भइरहेको छ । फिल्मले बुढेसकालको मित्रता कथाको रुपमा उठाएको छ ।फिल्ममा अमिताभ र परिणीतिको अलवा अनुपम खेर, नीता गुप्ता र बोमन इरानीको पनि मुख्य भूमिका रहनेछ । अनुपम, बोमन र अमिताभ फिल्ममा तीन पुराना साथीको रुपमा देखिनेछन् ।

परिणीति र नीनाको भूमिका के भन्ने अहिले खुलाइएको छैन ।

 

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्