Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको पुत्ला जलाइएको घटनाप्रति गृह मन्त्रालयले जनायो आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको घटनामा गृह मन्त्रालयले गम्भीर आपत्ति प्रकट गरेको छ ।

आइतबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ ।

मन्त्रालयले कसैसँग समस्या उत्पन्न भएको छ भने सरकारले वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाचार गरिने उल्लेख गरेको छ।

नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ ।’

मन्त्रालयले मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिन खोज्नेलाई कारबाही गरिने पनि स्पष्ट पारेको छ ।

दार्चुलाका जयसिंह धामी बेपत्तामा भारतीय एसएसबीको संलग्नता पुष्टि भएपछि घटनाको विरोधमा गएको शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएको थियो ।

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्