Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा एमालेका १० सांसद एकीकृत समाजवादीको पक्षमा

प्रदेश नं २ मा नेकपा एमालेका १० जना सांसद नेकपा एकीकृत समाजवादी दलमा खुलेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा बिहीबार गएर उनीहरुले एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका हुन् ।

यस्तै, सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्को दिन आएर सनाखत गर्ने बेची लुंगेलीले बताइन् ।

सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने सांसद बेची लुंगेलीले जानकारी दिइन् ।

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् ।

प्रदेशमा नेकपा एमालेका २१ जना सांसद छन् । यसमध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा देखिँदै आएका छन् ।

 

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्