वीरगञ्जमा प्रहरीले बल प्रयोग गरी हटायो वर्षौदेखि बसेका स्थानीयलाई
प्रदेश नं २ स्थित पर्साको स्थानीय प्रशासनले बल प्रयोग गरेर वीरगञ्जको रानीघाटको एउटा घर खाली गराई बर्षौंदेखि बस्दै आएकाहरुलाई विचल्ली बनाएको छ ।
वीरगञ्ज-९ रानीघाटस्थित रेल्वे माध्यमिक विद्यालयभन्दा एक सय मिटर पश्चिममा रहेको १ कठा ६ धुर क्षेत्रफलमा रहेको रुक्म शमशेर राणाको घरमा तीन पुस्तादेखि बस्दै आएका कलवार परिवारलाई हटाइएको हो ।
उक्त घर जग्गा पहिले जहावर प्रसाद कलवारकी पत्नी मधुदेवी कलवारिनको नाममा खरिद गरिएको र पछि राणाको नाममा लगेर बेचविखन गरिएको दाबी पनि गरिएको छ ।
महानगरपालिकाले मेलमिलाप गराउने प्रक्रिया अघि बढाईरहेको बेला घर खाली गराउने अदालतको आदेश देखाउँदै प्रहरीले जबर्जस्ती गरेको गुनासो पनि कलवार परिवारको रहेको छ ।