Logo
४ बैशाख २०८१, मंगलबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-१ मा नेकपा एमालेका १० सांसद एकीकृत समाजवादीमा जाने

प्रदेश नंम्बर १ मा नेकपा एमालेका १० जना प्रदेश सभा सदस्यहरु नेकपा एकीकृत समाजबादीमा जाने भएका छन् ।नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् ।

नेकपा एमाले छोडेर उनीहरूले आज दिउँसो विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

२२ गतेसम्म अरू तीनदेखि पाँच जनासम्म थपिन सक्ने प्रदेश सभा सदस्यले जानकरी दिए ।आज राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरीले सनाखत गर्दै छन्।

यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन्। ९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन्।

विपक्षी गठबन्धनमा भने अहिले नै कांग्रेसका २१, माओवादीका १५, जसपा ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्। सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित ५१ सांसद थिए।

तीमध्ये एक जना सांसद फौजदारी अभियोगमा सजाय पाएकी छन् र उनी अहिले फरार सूचीमा छन्। १० सांसदले एमाले त्यागे मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना सांसदमात्र रहन्छन्।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्