Logo
६ बैशाख २०८१, बिहीबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशका सामाजिक विकास मन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन्।

उनले आज बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर मन्त्री पदबाट राजीनामा दिएका हुन्। शर्मामाले मन्त्री पदबाट राजीनामा दिएको स्रोतले बताएको छ ।

शर्माले भने ‘हिजो अष्ट कमरेडलाई मुख्यमन्त्री बनाउनु पर्छ भनेर म लागेकै हो। तर अहिले हाम्रो दल र विचारधारा फरक भएकाले उहाँको मन्त्रिमण्डलमा बसिरहन सकिनँ,’।

शर्माले मंगलबार नेकपा एकीकृत समाजवादी रोजेका थिए। माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा उनी केन्द्रीय सदस्य छन्।

शाक्य मुख्यमन्त्री बनेलगत्तै शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन्। शर्मा पहिलेदेखि नै नेपाल पक्षमा थिए। मंगलबार बागमती प्रदेशका १२ जना एमाले सांसदले एकीकृत समाजवादी पाटी रोजेका थिए ।

१२ जना सांसदले नयाँ दल रोजेसँगै नेकपा एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन्।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्