Logo
४ बैशाख २०८१, मंगलबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेको दाबी

वाग्मती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डे दावी गर्ने भएका छन् । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे भन्छन्, ‘त्यो दिनदेखि सरकार अल्पमतमा पर्‍यो ।’पाण्डेले पार्टीले सत्तारुढ गठबन्धन सबैको सहमतिमतिमा मलाई नै उम्मेदवार अगाडि सारेको छ ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।

तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बन्यो । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।

 

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्