Logo
१३ बैशाख २०८१, बिहीबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका सांसदको आजै सनाखत गराइँदै

सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी भएका सांसदको आज सनाखत गर्ने भएको छ ।आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन् ।

निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको अझै सनाखत हुन लागेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

एमालेमा १० बुँदे सहमतिको कार्यान्वयन र पार्टी संरचना जेठ २ मा ब्युँतिएसँगै भीम रावलले सुदूरपश्चिम इन्चार्जको भूमिका पाइसकेका छन् ।

आज त्यहाँ जान लागेका रावलले व्यक्ति-व्यक्तिगसँग डिल गरिरहेकाले प्रदेश सदस्यहरुको मन भाँडिदिने डरले एकीकृत समाजवादीले आजै सबैको सनाखत गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । नेकपा एकीकृत समाजवादीले आफूसँग १४ सांसद हुने दावी गरेको छ।५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ सांसद छन् ।

अहिले सभामुखसहित एमालेका २५, माओवादी केन्द्रको १२ कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले आजै सनाखत गर्न आउने जानकारी गराइएको बताए ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्