Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होन्डा साइनका यी ७ मोडलको मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, यस्तो छ मूल्य सूची !

होन्डाका मोटरसाइकल र स्कुटर मध्ये ७ मोडलको मूल्यमा नेपाली बजारमा केही वृद्धि गरिएको छ ।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अगस्त २४ अर्थात गत भदौ ८ गते देखि लागू हुने गरी यी मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो ।

नेपाली बजारमा उपलब्ध होन्डाका स्कुटर मध्ये एक्टिभा स्ट्यान्डर्ड र ग्राजिया स्ट्यान्डर्डको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी स्कुटरको मूल्य अब २ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी ग्राजिया डीएलएक्सको मूल्यमा ७ हजारले वृद्धि भई २ लाख ५४ हजार ९ सय रुपैयाँ पुगेको छ ।त्यसैगरी नेपाली बजारमा उपलब्ध होन्डा साइनका सबै भेरिएन्टको मूल्यमा ५ हजार रुपैयाँले वृद्धि गरिएको छ ।

अब सीबी साइन डीआरएसको मूल्य २ लाख २४ हजार ९ सय, सीबी साइन डीएसएसको मूल्य २ लाख ३४ हजार ९ सय, साइन एसपी डीआरएसको मूल्य २ लाख ४४ हजार ९ सय र सीबी साइन डीएसएसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ छ ।

अन्य मोटरसाइकल र स्कुटरको मूल्य भने यथावत राखिएको छ । ने

पाली बजारमा उपलब्ध होन्डाका मोटरसाइकल र स्कुटरको नयाँ र पहिलेको मूल्य सूची यस प्रकार छ ?

 

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्