Logo
५ श्रावण २०८२, आईतबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार तय गर्न पौडेलले बोलाए बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार तय गर्न बैठक डाकेका छन् ।

बैठक दिउँसो १ बजे पौडेल निवासमा बस्ने बताइएको छ । बैठकमा महामन्त्री डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल लगायत सहभागी हुने बताइएको छ।

कांग्रेसको १४ औँ महाधिवेशनका लागि सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन्। यता महा मन्त्रीमा गगन थापाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

पौडेल समूहले वडा अधिवेशन अघि नै साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। यसका लागि नेताहरुले ट्रेड युनियनदेखि तरुण दलका पूर्व नेताहरुलाई पनि खटाएका छन्।आजबाट बैठक जारी राखिने र छलफलपछि साझा उम्मेदवार तय गर्ने तयारी पौडेल पक्षको रहेको छ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्