Logo
४ श्रावण २०८२, शनिबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा डा. गोविन्द केसीका माग कार्यान्वयनका लागि समिति गठन

डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि सरकारले समिति गठन गरेको छ।स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्।

प्रधानमन्त्री देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएपछि भदौ ३ बाट बस्ने भनिएको डा. केसीको अनसन स्थगित भएको थियो ।डा केसी स्वास्थ्य सम्वन्धी विभिन्न सुधारको माग गर्दै बेला बेलामा असन बस्ने गरेका छन् ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्