Logo
७ बैशाख २०८१, शुक्रबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ ।

गत महिना अस्पतालमा उपचारपछि आफ्नै निवास कालिकास्थानमा बस्दै आएका ८५ वर्षको उमेरमा भट्टको ‘अल्जाइमर रोग’बाट आज बिहान निधन भएको हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्ध लगायतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनका विशेष गरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लगायत कृति लोकप्रिय छन् ।विसं १९९३ मा जुम्लामा जन्मेका उनी प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्व अध्यक्षसमेत थिए ।

उनको शव श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए ।

भट्टका श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्