Logo
७ बैशाख २०८१, शुक्रबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रयाक्सन कन्ट्रोल र हिल असिस्ट फिचरसहित आउँदै एसयूभी टाटा पन्च, यस्ता छन् फिचर !

टाटाले हालै तस्बिर सार्वजनिक गरेको सानो एसयूभी टाटा पन्चको चर्चा चुलिएको छ । कम्पनीले सो एसयूभीमा परीक्षण गरिरहेको छ । जानकारीका अनुसार टाटा पन्च अफ रोडमा परीक्षण भइरहेको छ ।

सो कारमा कैयौ सेगमेन्ट फर्स्ट फिचरको साथमा पेश गरिनेछ । जसमा ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड असिस्ट र हिल स्टार्ट असिस्ट जस्ता फिचर रहेको छ ।

टाटा पन्चमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स र १६ इन्चको अलोय ह्वील समावेश गरिएको छ । टाटा पन्च एक ह्याचब्याक कार हो जसमा एसयूभीको फिचर समावेश गरिएको छ ।

जसले गर्दा सो कारले प्रिमियम ह्याचब्याक कारसँग पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको छ । सो कार कम्पनीको अल्फा एआरसी प्लेटफर्ममा तयार पारिएको हो । जसमा २.० डिजाइन ल्याङग्वेजको प्रयोग गरिएको छ ।

कम्पनीको यो इन्ट्रि लेवल एसयूभी हुनेछ । टाटा पन्चको फ्रन्ट लुक निकै आकर्षक रहेको छ । कारमा सानो ग्रिल र बम्परमा एलईडी प्रोजेक्टर हेडल्याम्प र फगल्याम्प समावेश गरिएको छ । हेडलाइटको माथि स्लिम एलईडी डेटाइम रनिङ लाइट समावेश गरिएको छ ।

टाटा मोटर्सले हालको लागि सो कारको इन्टेरियरको बारेमा खुलासा गरेको छैन । अनुमानित रिपोर्ट अनुसार टाटा पन्चको इन्टेरियरमा टाटा नेक्सनमा जस्तै ७ इन्चको फ्लोटिङ स्टाइल टचस्क्रिन इन्फोटेनमेन्ट युनिट समावेश गर्ने सम्भावना रहेको छ ।

यसको साथै टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा एन्ड्रोयड अटो र एपल कारप्ले कनेक्टिभिटीको साथमा आईआरए कनेक्टेड प्रविधि पनि समावेश गरिने सम्भावना रहेको छ । कारमा हरमनको प्रिमियम साउन्ड सिस्टम, मल्टि स्टेयरिङ ह्वील, डुअल टोन इन्टेरियर र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ ।

टाटा पन्च एसयूभीमा २ इन्जिनको विकल्प रहेको छ । इन्ट्रि लेवल भेरिएन्टमा १.२ लिटर, ३ सिलिन्डर रिभोट्रोन इन्जिन उपलब्ध हुने सम्भावना रहेको छ ।

जसले ८६ बीएचपीको पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ । साथै ५ स्पिड म्यानुअल र अटोमेटिकको विकल्प पनि रहेको छ ।टाटा पन्चको टप भेरिएन्टमा १.२ लिटर, टर्बो पेट्रोल इन्जिनको प्रयोग गरिएको छ ।

जसको प्रयोग अल्ट्रोज आईटर्बोमा पनि गरिएको थियो । सो इन्जिनले ११० बीएचपीको पावर र १४० एनएमको टर्क प्रदान गर्छ । यसको साथै ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्सको पनि विकल्प रहेको छ ।

भारतीय बजारमा लन्चिङ पछि सो कार मारुती सुजुकी इग्निस, फोर्ड फ्रिस्टाइल, महिन्द्रा केयूभी१०० र हुन्डाई क्यास्परसँग प्रतिस्पर्धा हुनेछ ।

नेपाली बजारमा पनि त्यसपछि यो कार आउन सक्ने सम्भावना रहन्छ ।कम्पनीले सो कारको मूल्यको बारेमा केही खुलासा गरेको छैन । सो कार ५ लाखदेखि ८ लाख भारुमा लन्च गर्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्