Logo
१२ बैशाख २०८१, बुधबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातारको झरीले जनजीवन कष्टकर, अझै दुई दिन घाम नलाग्ने

देशभर लगातारको झरीले जनजीवन कष्टकर भएको छ । लगातारको झरीले जनजीवन कष्टकर भइरहेको अवस्थामा अझै दुई दिन घाम नलाग्ने मौसमविदले जानकारी दिएका छन् ।

झरीका कारण तराइका धेरै ठाउँ डुवानमा परेका छन् भने पहाडमा ठाउँ ठाउँमा पहिरो गएको छ । बर्षाको कारण धेरै सडक अवरुद्ध भएका छन् ।

मनसुन वायु सक्रिय हुँदा एक सातादेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका सबै भूभागमा वर्षा भइरहेको छ । दिउँसोदेखि देशैभर वर्षा हुनेछ ।

‘यो मनसुन सक्रिय भएको समय हो । एक सातादेखि वर्षा भइरहेको छ र यो क्रम मंगलबारसम्म जाने देखिन्छ ।वर्षा गराउने न्यूनचापीय रेखा नेपालको तराईको भूभागबाट नजिकै बसेको धेरै समय भएकाले मनसुन सक्रिय भइरहेको मानन्धरले बताइन् ।

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्