Logo
५ आश्विन २०७८, मंगलबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो माग सम्बोधन नभइ सरकारमा जाने कुरा हुँदैन : महन्थ ठाकुर

जनता समाजवादी पार्टीबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग सम्बोधनको कुरा नभइ सरकारमा जाने कुरै नहुने बताएका छन् ।

पार्टी कार्यालय बबरमहलमा पार्टीको झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारमा जाने विषयमा तत्काल पार्टीमा कुनै पनि छलफल नभएको बताए ।

उनले भने, ‘सरकारको विषयमा अहिले हाम्रो कुनै कुराकानी भएको छैन, आफूहरूको माग सम्बोधनको सन्दर्भमा कुरा नभइ सरकारमा जाने कुरा हुँदैन ।’

यसअघिका मागहरूमा आफूहरू अझै दृढ रहेको भन्दै अध्यक्ष ठाकुरले संविधान संशोधन, नागरिकता, मधेश आन्दोलनका संलग्नलाई जेलमुक्त गर्ने विषयमा अझै सक्रिय भएर लाग्ने बताए ।

उत्पीडित, महिला, जनजाति, आदीवासीको विषयलमाई आफूहरूले उठाउने बताउँदै उनले समानताका आधारमा राजकाजमा समावेश हुनुपर्नेमा जोड दिए ।

पहिचानको आधारमा भइरहेको विभेदको अन्त्य गर्नुपर्नेमा अध्यक्ष ठाकुरको जोड छ । सीमामा बस्ने नागरिक राज्यले दिनुपर्ने सामान्य सुविधाबाट बञ्चित भएको उल्लेख गर्दै उनले देशको नागरिक भएपछि सबैको समान अधिकार हुनुपर्ने बताए ।

शिक्षा, स्वास्थ्य, रोजगारीको विषय मुख्य भएको भन्दै कम्तीमा यी तीन विषयको ग्यारेन्टी हुनुपर्ने बताए ।शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि मधेशका मानिसहरू किन मारिनुपरेको र कार्यकर्ता किन जेल बस्नुपर्यो भन्दै उनले सरकारमाथि प्रश्न गरे ।

निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उनले अहिले नै गठबन्धन बनाएर जाने विषयन नसोचेको बताए ।

सरकारले कुनै पनि विषया नकारात्मक जवाफ नदिएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले वार्ता र सम्वादमार्फत आफ्नो मागहरू पूरा गर्ने दिशमा पार्टी अग्रसर हुने बताए ।

 

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्