Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविमा एकलौटी निर्णयहरु खारेज गर्न लोकतान्त्रिक प्राध्यापक संघको ७ दिने अल्टिमेटम

त्रिभुवन विश्वविद्यालयले एकलौटी रुपमा गरेको पदाधिकारि नियुक्तिको निर्णयहरु खारेज गर्न लोकतान्त्रिक प्राध्यपक संघले माग गरेको छ ।साथै संघले समाजिक न्याय, समावेशिता, मौलिक हकको बर्खिलापमा गरिएका निर्णयलाई आजको मितिले ७ दिनभित्र खारेज गर्न अल्टिमेटम समेत दिएको छ ।

लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा. उदय किशोर तिवारीले आज विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले असमावेशी एवं एकलौटी रुपले गरिएका  नियुक्ति र सिफारिस तुरुन्त खारेज गर्न जोडदार माग गरेका हुन् ।

जारी विज्ञप्ति भनिएको छ, ‘विश्वविद्यालयमा रहेको चरम राजनीतीकरण, असमावेशीता र एकलौटी निर्णयका वावजुद हाम्रो संगठन राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले धेरैपटक संघर्षको कार्यक्रम गरी लिखित तथा मौखिक रूपमा गम्भीर ध्यानाकर्षण गरिसकेको छ यसका साथै विभिन्न समयमा जायज भाग लिई विश्वविद्यालयका पदाधिकारीसँग सम्झौता पनि भएको कुरा पनि स्मरण गर्न चाहन्छौं’

संविधानले सुनिश्चित गरेको समावेशीता, समाजिक न्याय र मौलिक हकको समेत धज्जी उडाउँदै विश्वविद्यालयले एकलौटी रुपमा गरेको पदाधिकारि नियुक्ति प्रति संघको पुनः गम्भीर ध्यानाकर्षण भएको छ ।

साथै संघले पटक-पटकको चासो र खबरदारीका बाबजुद पनि अटेर गरी हाम्रो मागलाई नजरअन्दाज गर्दै हालै (२०७८ बैशाख पछि) विभिन्न निकायमा भएका नियुक्ति र सिफारिसप्रति खेद प्रकट सेमत गरेको छ ।

संघले आफ्नो जायज मागलाई पुनः बेवास्ता गर्ने, आलटाल र नजरअन्दाज गर्ने काम भएमा आन्दोलनका कडाभन्दा काडा कार्यक्रम ल्याउन बाध्य हुने भनेको छ ।

 

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्