Logo
८ बैशाख २०८१, शनिबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पलेँटी मारेर खाना खाँदा हुन्छन् यस्ता फाइदा !

हामीले आधुनिकतासँगै हाम्रा मौलिक मूल्य तथा मान्यतालाई विसिदैँ गएका छौं ।अहिले आधुनिकतासँगै आधुनिकतासँगै हामीले धेरैजसो विषयमा पूर्वीय सभ्यताका मूल्य तथा मान्यतालाई क्रमिक रूपले बिर्सिंदै गइरहेका छौं ।

अहिले आधुनिकताका नाममा टेबुलमा बसेर वा उठेर नै काँटा, चम्चाको प्रयोग गरेर न्याप्किनले मुख पुछ्दै खाने गरिन्छ तर पहिले पलेँटी मारेर भुँइमा बसेर हातले खाना मुछेर खाइन्थ्यो ।

आज हामी तपाइलाई पिर्कामा वा भुँइमा बसेर पलेँटी मारेर खान खादाँ हुने फाइदाबारे जानकारी दिन गइरहेका छौं ।

उठेर खाँदा खाना पच्नका लागि धेरै समय लाग्ने गर्दछ, खानाको मात्रा धेरै र पाचन क्रिया ढिलो हुँदा यसको प्रतिकूल असर पेटमा पर्छ । पलेँटी मारेर बसेर खाने तरिका योगको आसनसँग मिल्दोजुल्दो हुन्छ ।

खुट्टालाई मोडेर बस्नु, खानाको गाँस लिन अगाडि झुक्नु र फेरि सिधा भएर खानु यी सबै क्रियाले पेटको मांसपेशीको पाचन रस निकाल्नमा सहयोगी हुन्छ, जसका फलस्वरूप खाना सजिलै पच्छ ।

दिनहुँ भुँइमा बसेर खाना खानाले शरीरमा लचकता आउनुका साथै ढाडका लागि पनि लाभदायक हुन्छ । यसबाट ढाडमा हुने दुखाइमा पनि कमी आउँछ । बसेर खाँदा पेट पनि चाँडै नै भरिन्छ, तौल घटाउन चाहना राख्ने मानिसका लागि यो उत्तम उपाय हो ।

इन्डिया टाइम्सका अनुसार भुँइमा बसेर खाना खाँदा शरीरमा रक्तप्रवाह राम्रोसँग हुनुका साथै पलेँटी मार्दा खुट्टाका नशामा हुने पीडामा कमी आउँछ । यस्तै यसबाट मुटुवरिपरिको दबाबमा पनि कमी आउँछ । एजेन्सी

 

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्