Logo
७ बैशाख २०८१, शुक्रबार
(August 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

पत्रकार सम्मेलन बुधबार बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा गर्ने तयारी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष ओलीले मंगलबार स्थायी कमिटी बैठकले गरेका निर्णय र पार्टीमा देखिएको पछिल्लो अवस्थाको बारेमा पत्रकार सम्मेलन मार्फत बताउने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।

मंगलबारको स्थायी समितिको बैठकमा माधवकुमार कुमार नेपालको समुहबाट अलगिएका १० नेताहरु पनि सहभागी भएका थिए ।

निर्वाचन आयोगले माधव नेपाल समूहको दल दर्ताका लागि सनाखत सुरु गर्ने समय पारेर ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

प्रकाशित मिति: Aug 25, 2021

प्रतिक्रिया दिनुहोस्