कक्षा १२ को परीक्षा तत्काल गराउन सरकारलाई संसदीय समितिको निर्देशन
सरकारलाई कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा तत्काल गराउन संसदीय समितिले निर्देशन दिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।
बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।