Logo
७ बैशाख २०८१, शुक्रबार
(August 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा एकै घरका ससुरा र बुहारीको हत्या, एक पक्राउ

file photo

प्रदेश नं २ स्थित धनुषाको ललियामा  एकै घरका दुई जनाको हत्या भएको छ ।

मिथिला विहारी-४ ललियाका २० वर्षीया अमेरिका मण्डल र ५० वर्षीय रामवृक्ष मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

हत्या हुनेमा २१ बर्षिय बुहारी अम्बिका मण्डल र उनका ५५ वर्षीय ससुरा रामवृक्ष मण्डल रहेका छन् ।बुवा र श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीले भागेश्वर मण्डललाई नियन्त्रणमा लिएको छ ।

मण्डलले हत्या गरेर शव गाडेको स्विकारेका छन् ।घटनास्थलमा रगत देखिएको र गाडेको स्थानबाट शव निकाल्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी ललिया, इलाका प्रहरी कार्यालय धनुषाधाम र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Aug 24, 2021

प्रतिक्रिया दिनुहोस्