Logo
८ बैशाख २०८१, शनिबार
(August 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा मुख्यमन्त्री केसीलेले आजै विश्वासको मत लिने, एमाले झन् आक्रोशित

नेकपा एमालेले प्रदेश सभा अवरोध गरिरहेकै समयमा बल प्रयोग गरेरै भएपनि मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।

उक्त तयारीको संकेत पाएको एमालेले आफ्नो विरोधलाई थप कडा गरेको छ । केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

एमाले संसदीय दलमा रहेका दुई सांसदले दलीय मर्यादा कायम नगरेको भन्दै कारवाही गरी पदमुक्त गर्न माग गरेको एमालेलाई अटेर गर्दै सरकार विश्वासको मत लिने प्रकृयामा अगाडि बढेपछि लुम्बिनी प्रदेशसभामा मुठभेडको अवस्था आउने भएको हो ।

सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारवाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएपनि त्यसको सुनुवाइ भएको छैन ।

मुख्यमन्त्रीले आज नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेको सत्ता क्षकै एक सांसदले बताएका छन् । स्रोतका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट विश्वासको मत लिने कार्य सूची पास नभएपनि सभामुख घर्तीले आफ्नो अधिकार प्रयोग गर्दै विश्वासको मतको प्रक्रिया सुरु गर्ने तयारी भएपछि बैठक केही समय ढिला भएको हो ।

एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सत्तापक्ष बल प्रयोग गरेरै विश्वासको मत लिने तयारीमा जुटेको सूचना पाएपछि एमालेले सशक्त प्रतिवाद गर्ने बताए ।

विवादकाबीच सदन चलाउन सभामुखले शुरु गरेपनि निरन्तर एमाले सांसदहरुले नारा लगाइरहेका छन् ।यसैबीच प्रदेशसभाले दुई जना फोटो पत्रकारलाई मात्र प्रदेशसभामा जान दिने अनौठो निर्णय आजदेखि शुरु गरेको छ ।

प्रकाशित मिति: Aug 23, 2021

प्रतिक्रिया दिनुहोस्