Logo
१३ बैशाख २०८१, बिहीबार
(August 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्मिता अधिकारीको स्वरमा ‘मन कि मन्जरी’ गीत सार्वजनिक

गाएक बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।

गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ ।बलबहादुर द भोइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल भएका थिए भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट थिइन् ।

बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला…’लाई स्रोतारदर्शकले अत्यधिक मन पराएका थिए । ‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोतारदर्शकले माया गरिदिनेमा आशावादी रहेको छु’, बलबहादुरले भने ।

https://www.youtube.com/watch?v=iMwkov973M0 

प्रकाशित मिति: Aug 23, 2021

प्रतिक्रिया दिनुहोस्