Logo
१३ बैशाख २०८१, बिहीबार
(August 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेद्वारा वली र शाहीलाई पदमुक्त नगरेको भन्दै लुम्बिनी प्रदेशसभा अवरुद्ध

नेकपा एमालेले आफूहरुले कारवाही गरेका सांसदय विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध पारेको छ ।

सूर्य चिह्नबाट चुनाव लडेका सांसदद्वयलाई कारवाही गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र काटेको थियो । तर प्रदेशसभा सचिवालयले कारवाही गर्न नमिल्ने बताएपछि लुम्बिनी प्रदेशमा एमाले आक्रोशित भएको छ ।

एमालेले कावाही गरेका सांसद वली र शाहीलाई पदमुक्त नगरेसम्म लुम्बिनी प्रदेश सभा चल्न नदिने अडान लिएको छ । उनीले जवसम्म २ सांसद्लाई कार्वाही हुदैन तव सम्म संसद् अवरुद्ध गर्ने जनाएका छन् ।

आइतबार एमालेले  लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारबाहीलाई प्रदेशसभाले मान्यता नदिएको भन्दै एमालेले सभामुख घर्तीको राजीनामा मागेको थियो ।

सभामुखले न्यायाधीशले झैँ फैसला गरी सदनमा जानकारी गराउन नपर्ने निर्णय गर्नु विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत भएको एमालेको निष्कर्ष छ ।

 

 

प्रकाशित मिति: Aug 23, 2021

प्रतिक्रिया दिनुहोस्