Logo
६ बैशाख २०८१, बिहीबार
(August 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्नातक र स्नातकोत्तरको परीक्षा निर्धारित तालिका अनुसार नै सञ्चालन गर्ने त्रिविको निर्णय

निर्धारित तालिका अनुसार नै स्नातक र स्नातकोत्तरको परीक्षा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको छ ।

विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले अब नियमित रूपमा परीक्षा सञ्चालन हुने भएको हो ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।

विश्वविद्यालयले भदौमा सञ्चालन गर्ने विभिन्न तहको परीक्षाको तालिका सार्वजनिक गरिसकेको छ ।कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएपछि अब नियमित रूपमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने तालिका रहेको छ । त्यसपछि स्नातक तह एक वर्षे बी.एड र वार्षिक परीक्षा प्रणाली अनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदै छ ।

 

प्रकाशित मिति: Aug 23, 2021

प्रतिक्रिया दिनुहोस्