Logo
१२ बैशाख २०८१, बुधबार
(August 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले माग्यो लुम्बिनी प्रदेशका सभामुख घर्तीकाे राजीनामा

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको नेकपा एमालेले राजीनामा मागेको छ ।

प्रदेशसभा सचिवालयले सांसद वली र शाहीलाई कारबाही गर्न नमिल्ने बताएपछि एमालेले आपत्ति जनाएको हो । नेकपा(माओवादी केन्द्र)का प्रदेशसभा सदस्यहरूलाई पार्टीले निष्कासन गरेको २४ घण्टाभित्रै पदमुक्त गर्ने सभाुमखले एमालेले आफ्ना सांसदलाइ गरेको कारबाहीको मान्यता नदिएको भन्दै एमालेले राजीनामा मागेको हो ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारबाहीलाई प्रदेशसभाले मान्यता नदिएको भन्दै एमालेले सभामुख घर्तीको राजीनामा मागेको हो ।

सभामुखले न्यायाधीशले झैँ फैसला गरी सदनमा जानकारी गराउन नपर्ने निर्णय गर्नु विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत भएको एमालेको निष्कर्ष छ ।

वली दाङ र शाही नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । वली नेकपाबाट र शाही स्वतन्त्र राजनीतिक समूहबाट आवद्ध थिए । नेकपा बदरपछि वलीले आफू माओवादी केन्द्रमा रहेको बताउँदै आएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्य वली र शाहीले गत वैशाख १९ गते, जेठ १९ गते र जेठ ३० गते संसदीय दलको बैठकमा सांसदको हैसियतले सहभागी भएको दाबी गरे ।

प्रकाशित मिति: Aug 22, 2021

प्रतिक्रिया दिनुहोस्