Logo
११ बैशाख २०८१, मंगलबार
(August 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न लन्च गरिदै फक्सवागन, यस्ता छन् विशेषता !

मिड साइज एसयूभी सेगमेन्टको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ । हालै सो सेगमेन्टमा स्कोडा कुशाक पनि लन्च गरिएको छ । आउँदो केही समयमा कैयौ नयाँ मोडल लन्च हुने भएको छ ।

हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता एसयूभी नयाँ एसयूभीसँग प्रतिस्पर्धा गर्नको लागि तयारी अवस्थामा रहेका छन् ।

फक्सवागन टाइगुन
जर्मन निर्माता कम्पनी फक्सवागनले टाइगुन एसयूभी सेप्टेम्बरमा लन्च गर्ने तयारी गरिरहेको छ । यसको आधिकारिक बुकिङ पहिला देखि नै सुरु भइसकेको छ ।

एमक्युबी एओ इन प्लेटफर्ममा आधारित सो एसयूभी भारतको पुणेमा उत्पादन गरिनेछ । सो एसयूभी १.० लिटर, ३ सिलिन्डर र १.५ लिटर ४ सिलिन्डर टर्बो पेट्रोल इन्जिनको साथमा उपलब्ध हुनेछ ।

जसले क्रमशः ११३ बीएचपीको पावरको साथमा १७५ एनएमको टर्क र १४८ बीएचपीको पावरको साथमा २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा तीन गियरबक्स समावेश गरिएको छ । यसमा ६ स्पिड म्यानुअल, ६ स्पिड अटोमेटिक र ७ स्पिड डीएसजी समावेश गरिएको छ ।

होन्डा एलिभेट
जापानी कार निर्माता होन्डाले होन्डा एलिभेट डिजाइन गरेको छ । सो एसयूभी हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नका लागि निर्माण गरिने सम्भावना रहेको छ ।

होन्डाले हालै एलिभेट नामको ट्रेडमार्क गराएको थियो । रिपोर्टका अनुसार यसको लागि होन्डा सिटी सेडानको इन्जिन समावेश गर्नेछ । होन्डा एलिभेट १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको साथमा पेश गर्नेछ ।

यसको लागि सीभीटी अटोमेटिक गियरबक्स र सस्पेन्शन सेटअप पनि होन्डा सिटीबाट लिइनेछ ।

एमजी एस्टोर
एमजी एस्टोर मध्यम आकारको एसयूभी हुनेछ । सो कार २०२१ सेप्टेम्बरमा लन्च गरिनेछ । सो कारमा अटोनोमस ड्राइभिङ सहित कैयौ सेगमेन्ट फस्र्ट फिचर समावेश हुनेछ ।

अन्य फिचरको रुपमा सो कारमा आईहब कनेक्टेड प्रविधि, जियो संचालित इन्टरनेट, स्मार्टफोन कनेक्टिभिटीको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ड्यासबोर्डमा ब्राउन लेदर सहित अन्य फिचर समावेश गर्नेछ ।

एस्टोरमा १.५ लिटर नेचुरली एस्पिेरेटड पेट्रोल र १.३ लिटर टर्बो पेट्रोल इन्जिनको साथमा लन्च गरिने अनुमान गरिएको छ । जसले क्रमशः १२० बीएचपीको पावरको साथमा १५० एनएमको टर्क र १६३ बीएचपीको पावरको साथमा २३० एनएमको टर्क जेनेरेट गर्छ ।नेपाल अटो

प्रकाशित मिति: Aug 22, 2021

प्रतिक्रिया दिनुहोस्