Logo
१३ बैशाख २०८१, बिहीबार
(August 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : टुसा उम्रिएका क्वाँटी खादाँ स्वास्थ्यमा हुन्छन् यी १० फाइदा !

आज हामीले देशभरका पहाडी जिल्लामा रक्षा बन्धन पर्व मनाउँदै छौं । तराई क्षेत्रमा राखि बाधिने गर्छ । जनै पूर्णिमाको दिन घर–घरमा क्वाँटी खाने गरिन्छ ।

खासगरी टुसा उम्रिएका अंकुरित अन्नहरु जनै पूर्णिमाको दिन मात्र होइन, हरेक दिन खाँदा प्रसस्त फाइदा मिल्छ ।अंकुरित अन्न अर्थात स्प्राउट्स जस्तै चना, दाल आदिको सेवन स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ ।

अंकुरित अन्नमा भिटामिनहरु पर्याप्त मात्रामा हुन्छ ।प्रोटीन, भिटामिन, मिनरल, फाइबर, फस्फोरस, म्याग्नेशियम, आइरन र म्याग्नेशियमले भरिपूर्ण अंकुरित अन्नको सेवनले केवल वजन घटाउने मात्र नभएर मधुमेह जस्ता रोगमा पनि फाइदाजनक हुन्छ ।

क्वाँटीका फाइदाहरु
यदि वजन बढेको छ भने त्यसलाई घटाउन मुगको दाल राम्रो उपाय हो । टुसा उम्रेको मुङको दाल बिहानको खाजामा एक कचौरा सेवन गर्नाले पेट दिनभरी भरिरहन्छ । यसो हुँदा आवश्यक भन्दा बढि खानबाट बच्न सकिन्छ र वजन पनि नियन्त्रण हुन्छ ।

मधुमेहका बिरामीका लागि
मधुमेहका विरामीलाई बारम्बार भोक लागिरहेको छ भने अंकुरित अन्नको सेवन उपयुक्त हुन्छ किनभने यसले शुगरको स्तर नियन्त्रण हुन्छ ।

शरीरलाई डिटक्स गर्न

यसमा भएको एन्टि–अक्सिडेन्ट गुणले शरीरबाट बिषालु टक्सिनहरुलाई निकाल्न सहयोग गर्छ, जसले कब्जियत र पेटसंग सम्बन्धित समस्याबाट बच्न सकिन्छ ।

क्यान्सरबाट बचाउँछ

नियमित रुपले अंकुरित अन्नको सेवनले कोलेन, ब्रेस्ट र अन्य किसिमको क्यान्सरबाट पनि बचाउँछ । यसबाहेक यसमा समावेश एन्टि–अक्सिडेन्ट तत्वले ट्यूमर जस्तो खतरनाक रोगबाट पनि बचाउँछ ।

मुटु स्वास्थ राख्न

अंकुरित अन्नलाई खाजामा समावेश गर्नाले मुटु पनि सुरक्षित हुन्छ । अंकुरित अन्न ओमेगा ३ फ्याटि एसिडको मुख्य स्रोत हो,जुन मुटुका लागि अति नै फाइदाजनक हुन्छ । यसले र्डियोभस्कुलर, हाई बिपी र हृदयघातको खतरालाई कम गर्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि नियन्त्रण गर्छ ।

आँखाका लागि फाइदाजनक

प्रोटिन, मिनरलका साथ यसमा भिटामिन ए पनि पर्याप्त मात्रामा हुन्छ, जसले आँखाको ज्योती बढाउँछ । त्यति मात्र नभएर अंकुरित अन्नको प्रयोगले दिमागलाई पनि तेजिलो बनाउँछ, जसले बुढेसकालमा हुने अल्जाइमर जस्ता रोगहरुबाट बच्न सकिन्छ ।

कपालका लागि

भिटामिन सी पर्याप्त मात्रामा भएकाले यसको सेवन कपालका लागि अति नै फाइदाजाक हुन्छ । यसले कपाल झर्ने, टुक्रने जस्ता समस्या कम हुन्छ र कपाल जरैबाट बलियो हुन्छ ।

गर्भावस्थाका लागि

गर्भावस्थामा महिलाले आफ्नो भोजनको विशेष ध्यान राख्नु आवश्यक हुन्छ । यस्तो अवस्थामा अंकुरित अन्नको सेवन तपाईंहरुका लागि राम्रो उपाय हो । किनभने यसमा समावेश पोषक तत्वले आमा र बच्चा दुबैलाई स्वस्थ्य राख्छ । यसका साथै गर्भाधारणको क्रममा रगतको कमी हुँदैन ।

रोग प्रतिरोधक क्षमता बलियो

अंकुरित अन्नको सेवनले रोग प्रतिरोधक क्षमतालाई बलियो बनाएर ब्याक्टिरियल इन्फेक्शनबाट बचाउँछ । यसका साथै यसले पाचन प्रणाली पनि बलियो बनाउँछ,जसले पेट सम्बन्धि समस्या हुँदैन । अंकुरित अन्नका अनेक फाइदा छन्, जसमा प्रतिरोधक क्षमता बलियो बनाउनु पनि एक हो ।

चम्किलो छाला

भिटामिन बीले भरिपूर्ण हुनाले यसको सेवनले छाला चम्किलो पनि बन्छ । यसको साथै यसबाट बनेको फेस प्याक लगाउनाले चाउरी पर्न, पिम्पल्सको समस्याबाट राहत प्राप्त हुन्छ ।

क्वाँटी बनाउनका लागि अंकुरित अन्न बनाउने तरिका


अंकुरित अन्नलाई क्वाँटी पनि भनिन्छ । अंकुरिात अन्नमा त्यस्ता अन्नहरु समावेश हुन्छन्, जसलाई भिजाएरमात्र प्रयोग र्न सकिन्छ । यस प्रकृयामा विशेष गरेर घण्टौंसम्म अन्नलाई भिजाउनु पर्छ ।

भिजेको अन्नमा सही तापक्रम र ओसिलो भएपछि त्यसमा टुसा पलाउँछ । विहानको खानामा अंकुरित अन्नको सेवनले हामीलाई दिनभरी चुस्त राख्छ । त्यसमा पोषक तत्वको मात्रा अति धेरै हुन्छ । त्यसैले यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

अंकुरित अन्न केवल स्वास्थ्का लागि मात्र फाइदाजनक नभएर स्वादिष्ट पनि हुन्छ ।अंकुरित सलाद, ब्राउन ब्रेडका साथ अंकुरित स्याण्डवीच अथवा पास्ता आदि बनाउन सकिन्छ ।

अंकुरित गर्नका लागि चना, मुङ, गहुँ, भटमान, बदाम, मकै, तिल, अन्न, दाल आदिलाई पानीमा भिजाउनु पर्छ ।

यसलाई हल्का पकाएर अथवा काँचै पनि खान सकिन्छ ।यसलाई खाने यही समय भन्ने हुँदैन, तर बिहानको समय खाँदा धेरै फाइदा हुन्छ ।एजेन्सी

 

 

प्रकाशित मिति: Aug 22, 2021

प्रतिक्रिया दिनुहोस्