Logo
१३ बैशाख २०८१, बिहीबार
(August 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्द्रागिरीमा भकुण्डेचौर युवा समाजले गर्यो कोभिडबारे एक दिने सचेतना कायक्रम

चन्द्रागिरी नगरपालिकामा भकुण्डेचौर युवा समाजको आयोजनामा कोभिड-१९ रोगबारे एक दिने सचेतना कायक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम चन्द्रागिरी नगरपालिकाका -८ को विभिन्न ठाँउमा सचेतना कार्यक्रम शनिबार सम्पन्न गरेको थियो । साथै कार्यक्रममा स्थानियलाई माक्स वितरण समेत गरेको भकुण्डचौर युवा समाजका सचिव श्याम खरेलले जानकारी दिएका छन् ।

उनले यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड रोगबाट आफू बाचु र अरुलाई बचाउ भन्ने रहेको बताएका छन् । शनिबार हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी, माक्स लगाउँ हाम्रो समाज जोगाऊ, कोरोना जोखिमका हुने अवस्था जस्ता वोर्ड बनाएर लिएर टोलटोलमा सचेतना कार्यक्रम गरीएको थियो ।

कार्यक्रममा २० जनाको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: Aug 22, 2021

प्रतिक्रिया दिनुहोस्