Logo
११ बैशाख २०८१, मंगलबार
(August 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुजुकीका २५ लाखभन्दा कमका यी ५ कार नेपाली बजारमा, यस्तो छ मूल्य !

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्ये एक मारुती सुजुकीसँग सबैभन्दा बढी मोडल र भेरिएन्टका कार उपलब्ध छन् ।

सुजुकी अल्टो, वागनआर, सेलेरियो, एस्प्रेसो, डिजायर, स्विफ्ट, भिटारा ब्रेजा, इग्निस, एसक्रस, बलेनो, अर्टिगा, सियाज, एक्लएस६ र भिटारा गरी कुल १४ मोडलको ४३ भेरिएन्टमा प्यासेन्जर कार  बजारमा उपलब्ध छन् ।

सुजुकीका ८ सय सीसी क्षमताको अल्टोदेखि १६ सय सीसी क्षमताको भिटारा एसयूभी समेतको कारोबार हुँदै आइरहेको छ । जसमध्ये सबैभन्दा सस्तो अल्टो ८०० एसटीडीको मूल्य १९ लाख ९ हजार र महंगो भिटारा एसयूभीको १ करोड ३ लाख रुपैयाँ पर्छ ।

सुजुकीसँग २५ लाख भन्दा कम मूल्यका कारमात्र ५ वटा छन् ।सुजुकीसँग सस्तोदेखि महंगो भेरिएन्ट उपलब्ध भएपनि बिक्री भने प्रायः कम मूल्यका कारकै बढी हुने गरेको छ ।

नेपाली बजारमा गुड्ने ट्याक्सीमा सुजुकीको एकछत्र बजार छ । ट्याक्सीमा अल्टो ८०० को प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ ।

यसको सबैभन्दा सस्तो मोडल अल्टो एसटीडी, एलएक्सआई र भीएक्सआई गरी ३ भेरिएन्टमा उपलब्ध छ । जसमध्ये एलएक्सआईको मुल्य २१ लाख ९ हजार र भीएक्सआईको २३ लाख ९ हजार रुपैयाँ पर्छ । यी कार निजी साधनका रुपमा समेत प्रयोग हुँदै आइरहेका छन् ।

त्यसैगरी १ हजार सीसी क्षमताको एसयूभी लुक्सको एसप्रेसोको २ वटा भेरिएन्टको मूल्य समेत २५ लाख भन्दा कम छ । एसप्रेसो एसटीडीको मूल्य २३ लाख ४९ हजार र एलएक्सआईको २४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।नेपाल अटो 

प्रकाशित मिति: Aug 20, 2021

प्रतिक्रिया दिनुहोस्