२४ घण्टामा थप ३०७५ जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु
नेपालमा आज थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
यस्तै २४ घण्टामा थप २ हजार १२६ सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् ।नेपालमा आज कोरोना बाट ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ४२९ पुगेको छ।