Logo
१३ बैशाख २०८१, बिहीबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : चिसो, पेटको समस्या र शारीरिक दुर्बलता हटाउने च्यवनप्रासका यस्ता छन् फाइदा !

प्रतिरोधी क्षमता विकास हुने क्रममा हुने भएकाले बालबालिकाहरु मौसमी परिवर्तनको समयमा बढी जोखिममा हुन्छन् । त्यसेले उनीहरुलाई यो मौसममा सही किसिमको खाना दिनुपर्ने हुन्छ ।

मौसमी परिर्तनमा देखिने रोगबाट बचाउन च्यवनप्रासले केही सहयोग पुर्‍याउन सक्छ । अन्य उमेर समूहकालाई पनि चिसो र त्यसबाट देखिने स्वास्थ्य समस्याबाट बचाउन यसले उत्तिकै प्रभावकारी भूमिका खेल्छ ।

विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार लगभग ७५ प्रतिशत बढी नेपालीले प्रत्यक्ष-परोक्ष रुपमा जडीबुटीबाट तयार औषधि उपभोग गर्छन् । त्यसो त परापूर्व कालदेखि नै हामीकहाँ जडिबुटीको पहिचान र प्रयोग हुँदै आएको छ यसमध्ये एक हो, च्यवनप्रास पनि ।

खासगरी यसमा अमला सामेल गरिन्छ, जो भिटामिन सिको सबैभन्दा समृद्ध स्रोत हो । त्यसपछि यसमा मह, घिउ, ल्वाङ, सुकुमेल, दालचिनी लगायतको मिश्रण गरिन्छ । यी सम्पूर्ण जडिबुटीबाट बन्ने च्यवनप्रास एक आयुर्वेदिक स्वस्थ्य पुरक पोषक तत्व हुन् ।

यो गुलियो, टर्रो स्वादको हुन्छ ।च्यवनप्रास खासमा च्यावन ऋषिको नामबाट नामकरण गरिएको हो । उनी एक वन ऋषि थिए । महाभारत जस्ता प्राचिन ग्रन्थमा भनिएको छ कि, कसरी जुम्ल्यहा दाजुभाई अश्विनी कुमारले बुढ्यौली उमेरमा पुगिसकेका च्यवन ऋषिलाई जवान र तागतिलो बनाउन यसको खोज गरेका थिए ।

भनिन्छ, च्यवन ऋषि एकदमै बृद्ध भएका थिए । उनको जवानी फर्काउनका लागि अश्विनी कुमारको प्रार्थना गरिएको थियो । उनी त्यसबेलाका महान चिकित्सक थिए । अश्विनी कुमारले ऋषि च्यवनका लागि एक दैवी औषधि तयार गरिदिएका थिए, जसबाट च्यवन ऋषि जवान र तन्दुरुस्त भएका थिए । यसै दैविय औषधि च्यवनप्रास हो भनी पौराणिक कथामा उल्लेख गरिएको छ ।

यहाँ च्यवनप्रासमा प्रयोग गरिने साझा तत्वहरु र त्यसको फाइदाको बारेमा उल्लेख गरिएको छ –

१. अश्वगन्धा -मानिसको शरीर र मस्तिष्कसम्बन्धी यसको अनौकौं फाइदा छ ।

२. केसर – केसरले धेरै रोगहरुमा औषधिको काम गर्छ । यसले मानिसलाई समान्य अवस्थामा फर्किन सहयोग गर्नुका साथै सक्रिय र ऊर्जाशील राख्न पनि सहयोग गर्छ ।

३. अलैंची- यसले मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता कायम राख्न सहयोग पुर्‍याउँछ । यसलाई पचन पक्रियामा सहयोग पुर्‍याउने, रोग लाग्नबाट बचाउने र स्वास्थ्यवर्द्धक जडिबुटीको रुपमा लिइँदै आएको छ । यसबाट पोटासियम, क्याल्सियम र म्याग्नेसियमजस्ता तत्वहरु पनि पाइन्छ ।

४. मह – महले मानिसको शारीरिक क्षमता बढाउन र थकान कम गर्न सहयोग गर्छ । साथै मस्तिष्कमा पनि यसले सकारात्मक असर पार्छ भने तौल घटाउन पनि सहयोग पुग्छ ।

५. बेल – मानिसको प्रतिरोधी क्षमता बढाउन बेलको बोक्रा, फल र पातको ठूलो आयुर्वेदिक महत्व छ ।

६.अमला – पाचन प्रक्रियालाई सही राख्न अमलाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्छ ।

७. पिपला-परम्परागत रुपमा यसको प्रयोग खोकी, रुघा, श्वासप्रश्वाससम्बन्धी समस्या र पेटको समस्याको लागि गरिन्छ ।

८. घिउ- घिउमा भिटामिन ए,डी,ई र के पाइन्छ र यसमा स्वस्थ फ्याटी एसिड पनि हुन्छ । यसले तौल कम गर्न र मानिसको दृष्टिमा पनि सहयोग पुर्‍याउँछ । यसले शरीरमा रहेको अशुद्धताहरुलाई पनि हटाउन सहयोग गर्छ ।

९. यस्थिमधु-यसले मानिसको रोग प्रतिरोधी क्षमता बढाउने इन्टरफेरोन बढाउँछ । यो खोकीको लागि उपयुक्त मानिन्छ ।

यसबाहेक अन्य थुप्रै जडिबुटी च्यवनप्रासमा सामेल हुन्छन् । जो चिसो, मौसमी खोकी र रुघाबाट बचाउन प्रभावकारी मानिन्छन् । एजेन्सी

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्