Logo
१३ बैशाख २०८१, बिहीबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपालको कदमप्रति मेरो असहमति छ, मेरो लागि सबै बराबर हुन् : मुख्यमन्त्री शाक्य

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेका नेता माधव कुमार नेपाल, झलनाथ खनाल र केपी ओली सबै आफ्ना लागि बराबर भएको बताएकी छन् ।

उनले आफू सरसल्लाह अनुसार नै बागमती प्रदेशको मुख्यमन्त्री बनेको दावी गरीन् ।लामो समयसम्म माधव नेपाललाई साथ दिनुभयो त भन्ने प्रश्नमा शाक्यले भनीन्, ‘मेरो लागि सबै बराबर हो (उहाँ) माधव नेपालको कदमप्रति मेरो असहमति छ मैले भनिसकेको छु ।’

लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएकी शाक्य ओली पक्षमा लागेर बुधबार मुख्यमन्त्री बनेकी छन् । माधव नेपाल र केपी ओलीको विवादको सुरुवात कारण नै शाक्य बनेकी थिइन् ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाक्यले बुधबारनै दुईजना मन्त्री नियुक्त गरेकी छन् । उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री एंव भौतिक पूर्वाधार विकास मन्त्री र कृष्ण प्रसाद शर्मा खनाललाई सामाजिक विकास मन्त्री सिफारिश गरी प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

पद तथा गोपनियताको सपथ ग्रहण पश्चात आफ्नो मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो पदभार ग्रहण गरेका थिए ।

शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नबनाएपछि ओली र नेपालबीच विवाद सुरु भएको हो । विवाद बढ्दै गएपछि बुधबार नेपालले नयाँ पार्टी नेकपा एमाले ९समाजवादी० दर्ता गरेका छन् । तर शाक्य भने नेपालसँग गइन्न् ।

धेरैले मुखयमन्त्रीको लोभमा शाक्यले नेपालको साथ छाडेको आरोप लगाएका छन् । शाक्य ओलीको कट्टर आलोचक रहेकी थिइन् ।
अर्को प्रसंगमा शाक्यले कुनैपनि पार्टी फुट्न नहुने भन्दै पार्टी फुटेमा देश कमजोर हुने बताइन् । उनले बागमतीमा एमाले एकढिक्का भएको र बजेट पनि सरसल्लाहमै पास भएको बताए ।

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्