Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौंडामा एमाले संसदीय दलको बैठक बस्दै, वागमतिको मुख्यमन्त्री अष्टलक्ष्मी बन्दै

हेटौंडामा नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । अहिले हेटौंडामा एमाले संसदीय दलको बैठक शुरु हुन लागेको र आजै दलको नेता परिवर्तन हुने पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए ।

माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई आजै साँझ वा भोलि विहानसम्म वागमतिको मुख्यमन्त्री बनाइने भएको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलले दलको नेताबाट राजीनामा दिएर शाक्यलाई नेता बनाउने तयारी छ । सकेसम्म आजै साँझ शाक्य मुख्यमन्त्री बन्ने छिन् ।

पार्टी विभाजनको अन्तिम तयारी भइरहेका बेला माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको छ । त्यसको प्रभाव सबैभन्दा पहिले वागमति प्रदेश सरकारमा देखिन लागेको छ ।

शाक्य मुख्यमन्त्री बनेपछि माधव पक्षका प्रदेशसभा सदस्यहरु नैतिक संकटमा पर्नेछन् ।शाक्य र अरुण नेपाल एक ठाउँमा उभिएपछि माधव पक्षका धेरै सांसद रोकिने र बहुमतप्राप्त संसदीय दलको नेताका रूपमा शाक्य मुख्यमन्त्री भएपछि २ वर्ष अविश्वास प्रस्ताव पनि ल्याउन नपाइने भएकाले एमालेले यो तरिका अपनाएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले दलको बैठक बस्न लागेको जानकारी दिए ।

प्रकाशित मिति: Aug 18, 2021

प्रतिक्रिया दिनुहोस्