Logo
८ बैशाख २०८१, शनिबार
(August 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बागमती प्रदेशसभा बैठक, यस्तो छ कार्यसूची

बागमती प्रदेशको ३५ दिन देखि अनिश्चित रहेको प्रदेशसभा बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार भएको छ । प्रदेशसभा बैठक बस्नु अघि सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभाको बैठकका लागि कार्यसूची तयार पारेको हो ।

प्रदेशसभा बैठकको कार्यसूची अनुसार बैठकमा शून्य समय र विशेष समयको व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

प्रवक्ता अमात्यले प्रदेशसभाको बैठकको सुरुवातमा यसअघि संसद्ले पारित गरेको विधेयकलाई प्रदेश प्रमुख कार्यालयबाट प्रमाणीकरण गरिएको ब्यहोराको पत्र वाचन गरिने छ भने त्यस लगत्तै बैठक शून्य समयमा प्रवेश हुने बताए ।

त्यस्तै प्रवक्ता अमात्यका अनुसार आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन प्रस्ताव प्रस्तुत हुनेछ । प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेताहरूले प्रदेशसभा नियमावली संशोधनको प्रस्ताव संसद्मा पेस गर्नु अघि सर्वदलीय बैठक आह्वान गरी सहमति गरेर मात्र संसद्मा छलफल गर्नुपर्ने माग गरेका छन् ।

भदौ २ गतेको बैठकको सुरुवातमा विशेष समयको व्यवस्था गरिएको प्रवक्ता अमात्यले बताए । विशेष समय पश्चात् बैठकमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले केही प्रदेश ऐन टेबुल गर्ने र उक्त ऐन माथि संसद्मा सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको अमात्यले बताए ।

 

प्रकाशित मिति: Aug 17, 2021

प्रतिक्रिया दिनुहोस्