Logo
१२ बैशाख २०८१, बुधबार
(August 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

बागमती प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ ।

बैठक मंगलबार अपराह्न २ : ०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए ।

उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ : ०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।

प्रकाशित मिति: Aug 16, 2021

प्रतिक्रिया दिनुहोस्