Logo
७ बैशाख २०८१, शुक्रबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघिल्लो सरकारको योजनालाई निरन्तरताका लागि मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण पत्र

गण्डकी प्रदेश नेकपा एमाले प्रदेश संसदीय दलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तरता दिन आग्रह गरेको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्य योजनालाई निरन्तरता दिएको जानकारी दिए ।उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र रु ३८ अर्बको बजेट रु ३० अर्बमा खुम्चिएको जानकारी दिए।

भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले अघिल्लो सरकारले ल्याएका कार्यक्रम रातो किताबमा समेटिएको र केही छुटेको भए पुनः अध्ययन गरेर अघि बढ्न सकिने बताए ।

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्