Logo
१३ बैशाख २०८१, बिहीबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९० लाख माथिका पिकअप नेपाली बजारमा उपलब्ध, फोर्ड र्‍याप्टरको मूल्य १ करोड ५९ लाख

नेपाली बजारमा १ करोड हाराहारी र सो भन्दा बढी मूल्यका पिकअपको समेत कारोबार हुँदै आइरहेको छ । सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ ।

तर बजारमा अत्याधुनिक विशेषता सहितका यस्ता पिकअप समेत उपलब्ध छन् जसको मूल्य बिलासी मानिने महंगो एसयूभी भन्दा पनि बढी छ ।

उच्चतम पावर तथा पर्फमेन्स, उच्च ग्राउन्ड क्लियरेन्स र पर्याप्त बुट स्पेस हुने यस्ता पिकअपमा महंगा र बिलासी मानिने एसयूभीमा उपलब्ध हुने फिचर्ससमेत दिइएको हुन्छ ।

यी र यस्ता विशेषताका कारण पिकअपको प्रयोग विशेषगरी ठूला निर्माण परियोजना र एड्भेन्चर टुरमा बढी हुने गरेको पाइन्छ ।नेपालको सन्दर्भमा यस्ता परियोजना विशेषगरी ग्रामिण भेग लक्षित हुने हुँदा उक्त क्षेत्रमा सामान्य प्यासेन्जर कार पुग्न सक्दैनन् ।

त्यस्ता क्षेत्रमा निर्माण व्यवसायी, इन्जिनियर र कन्सल्ट्यान्टलाई आवतजावत गराउन यस प्रकारको पिकअप बढी मात्रामा प्रयोग हुँदै आइरहेका छन् ।

नेपाली बजारमा यस प्रकारका पिकअपको मूल्य १ करोड ५९ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । महंगा र प्रिमियम पिकअप भारतबाहेक तेस्रो मुलकबाट आयात हुँदै आइरहेका छन् ।

यो सेग्मेन्ट अन्तर्गत नेपाली बजारमा सर्बाधिक लोकिप्रय र बढी कारोबार हुने ब्रान्डमा पर्छ टोयोटा । टोयोटा हाइलक्स २३९३ र २७५५ सीसी क्षमतामा उपलब्ध छ । जसमध्ये २३९३ सीसी क्षमताको मूल्य ९६ लाख र अर्को २७५५ सीसी क्षमताको १ करोड १० लाख रुपैयाँ पर्छ । यो पिकअप थाइल्यान्न्डबाट आयात गरिन्छ ।

हाल बजारमा उपलब्ध पिकअप मध्ये सबैभन्दा महंगो पिकअप भने फोर्ड ब्रान्डको छ । फोर्डको रेन्जर र ¥याप्टर २ मोडलका पिकअप उपलब्ध छन् ।

जसमध्ये फोर्ड रेन्जर एक्स भेरिएन्टको मूल्य ९६ लाख ९० हजार र अर्को एक्सएलटी भेरियन्टको १ करोड ९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । रेन्जर ३२ सय सीसी इन्जिन क्षमतामा उपलब्ध छ ।

त्यसैगरी २ हजार सीसी क्षमताको फोर्ड र्‍याप्टरको मूल्य १ करोड ५९ लाख रुपैयाँ तोकिएको छ । यो पिकअपमा अत्याधुनिक बिशेषता उपलब्ध गराइएको छ । फोर्डका यी सबै पिकअप समेत थाइल्यान्डबाटै आयात हुन्छन् ।

मित्सुबिसी एल२०० अर्को महंगो पिकअप हो । २ हजार २ सय सीसी क्षमताको यो पिकअप ५ स्पिड अटोमेटिक र ६ स्पिड म्यनुअल ट्रान्समिसनमा उपलब्ध छ । जसको मूल्य क्रमश ९४ लाख र ९९ लाख रुपैयाँ पर्छ । यो पिकअप जापानबाट आयात हुन्छ ।

निसान ब्रान्डको नभारा अर्को पावरफुल तथा महंगो पिकअप हो । २ हजार ५ सय सीसी क्षमताको यो पिकअपलाई नेपालमा ९५ लाख ४९ हजार रुपैयाँ पर्छ । यो पिकअप समेत थाइल्यान्डबाटै आयात गरिन्छ । नेपाल अटो

 

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्