Logo
१५ चैत्र २०८०, बिहीबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिन्द्राको एक्सयूभी ७०० भोलि लन्च हुने, यस्ता छन् विशेषताहरु !

महिन्द्राको अल न्यु एक्स्यूभी ७०० शनिबार अर्थात अगस्त १४ मा लन्च हुने भएको छ ।

कम्पनीले सोसल मिडियामा एक भिडियो टिजर जारी गरेको छ । १५ सेकेन्डको उक्त भिडियोमा डार्क सेडका साथ गाडीको झलक देख्न सकिन्छ ।

भिडियो टिजर अनुसार यसमा स्टाइलिस एलईडी डीआरएल देख्न सकिने स्पष्ट भएको छ । यद्यपि डार्क सेडमा भएकाले यसको डिजाइन र स्पेसिफिकेसन भने धेरै थाहा हुन सक्दैन ।

तर पनि पहिले सार्वजनिक भएको तस्बिरका आधारमा यसमा सेगमेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक सनरुफ र सेफ्टी अलर्ट्स उपलब्ध हुने सार्वजनिक भइसकेको छ ।

महिन्द्राको यो नयाँ एसयूभीमा एडीएएस अर्थात एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमका साथ एडेप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन, अटोनोमस ब्रेकिङ र लेन किप असिस्ट जस्ता फिचर हुनेछन् ।

भाइरसबाट सुरक्षाका लागि यसमा एयर प्युरिफायर, स्मार्ट डोर ह्यान्डल, अटो बुस्टर हेडल्याम्प, पर्सनलाइज्ड सेफटी अलर्ट सिस्टम आदि उपलब्ध हुनेछ । यसले ड्राइभरको अलर्टनेस पनि पत्ता लगाउने छ ।

महिन्द्रा एक्सयूभी ७०० मा २.२ लिटरको टर्बो डिजेल इन्जिन र २.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन उपलब्ध हुनेछ । डिजेल इन्जिनले लगभग १८५ बीएचपी पावर र पेट्रोल इन्जिनले २०० बीएचपी पावर जेनेरेट गर्नेछ ।

इन्जिनलाई म्यानुअल र अटोमेटिक ट्रान्समिसनका साथ जोडिने छ । कुनै मोडलमा अल ह्विल ड्राइभ अप्सन पनि उपलब्ध हुनेछ ।यो एसयूभीमा महिन्द्राको नयाँ लोगो पहिलो पटक प्रयोग गरिदै छ । यो कम्पनीको नयाँ लागोयुक्त पहिलो कार समेत हुनेछ ।नेपाल अटो

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्